नेपाल मेडिकल कलेज
09/11/2023

काठमाडौं, ५ असोज । नेपाल मेडिकल कलेजले दक्ष विशेषज्ञ डाक्टरसहित विभिन्न पदमा दरखास्त मागेको छ । कलेजले सूचना प्रकाशित गरी विभिन्न १३ पदमा दरखास्त आब्हान गरेको हो ।

कलेजले पब्लिक न्यूरो सर्जन, ट्रान्सप्लास्ट फिजिसिएन, कार्डियोलोजिस्ट, नेफ्रोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी सर्जन, न्यूरो फिजिसिएन, डेण्टल, क्रिटिकल केयर मेडिसिनमा डिएम/एमडी, एमएस/एमसिएच लगायत विशेषज्ञता हासिल गरेका डाक्टरहरु माग गरेको छ ।

स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र विशेषज्ञ जनशक्ति युक्त बनाउन थप चिकित्सकहरु माग गरिएको कलेजका डाइरेक्टर जहाँगिर अन्सारीले बताएका छन् । कलेजमा चाँडै क्याथल्याव, अंकोलोजी लगायतका सेवाहरु थप गर्ने भएकाले नयाँ जनशक्ति माग गरिएको हो ।

यस्तै, कलेजले प्रशासनिक क्षेत्रमा पनि जनशक्ति माग गरेको छ । पब्लिक रिलेसन अफिसर, क्यास काउन्टर इन्चार्ज, प्रकुमेन्ट अफिसर, बायाेमेडिकल, आइटी पनि माग गरिएको छ । योग्यता पुगेका जनशक्तिले इमेल मार्फत व्यक्तिगत विवरण र आवेदन दिन सक्छन् ।

Related News
नेपाल मेडिकल कलेजद्वारा निःशुल्क आँखा शिविर
भाद्र २०८२ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
डिप्रेसन के हो ? यसका लक्षण कस्ता हुन्छन् ?
मंगसिर २०८२ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
भाद्र २०८१ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
General Rate List (सामान्य सेवा शुल्क विवरण)
श्रावण २०८१ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
नेपाल मेडिकल कलेज
आश्विन २०८२ मा हेमोडायलाइसिस सेवा लिने बिरामीहरूको विवरण
आर्थिक वर्ष २०८1/२०८२ मा हेमोडायलाइसिस, CAPD, Cancer सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
Error